Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - केही ठाउँमा भोट माग्न सीमापारि जानुपर्ने अवस्था छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नागरिकता वितरणका क्रममा पटक पटक कमजोरी भएको बताएका छन् ।

बुधवार गैरआवासीय नेपाली सङ्घको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘पटक पटक नेपालीलाई नागरिकता दिने नाउँमा अन्यथा भएका छन् । यथार्थ के हो भने अहिले पनि केही केही ठाउँमा सीमापारीको गाउँमा भोट माग्न जानुपर्ने अवस्था छ । किन भने भोटर उता छन् ।’

उनले नागरिकता वितरणमा सजग नहुँदा विदेशीले पनि नागरिकता पाएको बताए । ओलीले छिमेकीसँग लामो खुला सीमाना रहेकाले नेपाल जनसांखिक रुपमा (डेमोग्राफिक) रुपमा सजग हुनुपर्ने बताए ।

अहिले गैर नेपालीलाई नागरिकता दिन पाइएन भनेर मुलुकमा रुवाबासी चलिरहेको पनि ओलीले बताए ।

उनले नागरिकता वितरणमार्फत हुन सक्ने जनसांखिक परिवर्तनबाट नेपालीहरु अल्पमतमा पर्ने अवस्था आउन सक्ने खतरा औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077