काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टिकरण सोधेको हो ।गोरखा-२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन प्रचण्ड बाजागाजासहित पुगेका थिए ।
‘बाजागाजासहित किन गएको ? किन कारबाही नगर्ने ?’ आयोगले सोधेको प्रस्टीकरणमा भनिएको छ । आयोगले जारी गरेको आचारसंहितमा २५ जनाभन्दा बढी लैजान नपाउने र बाजागाजा बजाउन पनि नपाउने प्रावधान छ ।
आचारसंहिता उल्लंघन भएको पाइएमा १ लाख जरिवाना र उम्मेदवारीसमेत रद्द हुनसक्ने व्यस्था छ ।
Leave a Reply