Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गृहमन्त्रीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिप्रति ओलीको आपत्ति, मागे राजिनामा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् ।

बुधवार गैरआवासीय नेपाली सङ्घको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्र विरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने उनले बताए । गैरआवासीय नेपाली सङ्घमा गएर गृहमन्त्रीले राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको उनको जिकिर छ ।

अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताए । उनले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिए । नागरिकतासम्बन्धी विषयमा बहस गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई उनले चुनौती दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077