Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय तहका पदाधिकारीलाई आयोगले भन्यो - चुनाव प्रचारप्रसार नगर्नू

काठमाडौं । स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरे कारबाहीमा पर्ने भएका छन् ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बुधवार विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गर्ने पदाधिकारीलाई कारबाही गरिने बताएका हुन् ।

आयोगले निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।

तर, कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारीमा आएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । आयोगको अनुगमनबाट समेत उक्त कार्य देखिएकोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077