Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

मनाङ । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट राजीब गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री मनाङेसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् ।

मनाङेले निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए । औपचारिक घोषणा भने हुन बाँकी छ ।

गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077