Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ग्यास बुलेट दुर्घटना हुँदा सहचालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ग्यास बुलेट दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

गएराति विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौंका लागि छुटेको एनएलओएल–२४६० नम्बरको ग्यास बुलेट अनियन्त्रित भई दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको मृत्यु भएको हो।

अनियन्त्रित भएर पल्टिएको ग्यास बुलेटमा च्यापिएर उनको मृत्यु भएको हो। यस्तै चालक ४२ वर्षीय अजयकुमार सिंह घाइते भएका छन्। उनको दुम्किबासमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077