काठमाडौं । निर्वाचन आयोगले रुपन्देही २ मा नेकपा (एकीकृत समाजवादी) का उमेदवार राजु गुरुङको मनोनयन खारेज गरेको छ ।
उनी सत्ता गठबन्धनका साझा उमेदवार बनेका थिए । सो क्षेत्रमा उनीसँगै थप दुई जनाको उमेदवारी खारेज भएको छ ।
हाम्रो नेपाली पार्टीका उमेदवार कमल भुसाल र स्वतन्त्र उमेदवार हिमाल बस्यालको उमेदवारी खारेज भएको हो ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरूङ र अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले निज उम्मेदवारहरुको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख छ ।
गुरुङ एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धी थिए ।