काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार ५३१ जना र प्रदेशसभार्तफ तीन हजार ४८१ जनाको विवरण सार्वजनिक गरिएको छ । आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको सूचीमा ६८ वर्ष भन्दा माथिका १२६ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभामा गोरखा–२ का ९९ वर्षिय टिकादत्त पोखरेल सबैभन्दा जेठा उम्मेदवार हुन् । नेपाली कांग्रेस बीपीबाट उम्मेदवार बनेका उनले माआवोदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।
८७ वर्षिय युवराम गौराम राप्रपाबाट तेह्रथुम–१ मा उम्मेदवार छन् । ८५ वर्षका महिन्द्र राय यादव माओवादी केन्द्रबाट सर्लाही–२ मा उम्मेदवार छन् । ८५ वर्षकै विष्णुप्रसाद ढकालले काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेश सभाका सबैभन्दा जेठा उम्मेदवार भने पर्वतका बालकृष्ण पौडेल छन् । राप्रपा नेपालबाट पर्वत–१(ख) बाट उम्मेदवारी दिएका उनी ८५ वर्षका हुन् ।
राप्रपा नेपालले नै म्याग्दी–१(ख)मा झलकबहादुर बानियाँलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ । ७५ वर्ष र त्यसभन्दा माथिका २० जना वृद्धहरु प्रदेशसभामा देशभर उम्मेदवार बनेका छन् ।
यस्तै पर्सा–१ बाट स्वतन्त्र उम्मेदवार हृदयनारायण प्रसाद बरै (८०), बारा–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका कृष्णराज गिरी (८१), कास्की–३ का स्वतन्त्र उम्मेदवार पशुपतिनाथ तिमिल्सिना (८४), डडेलधुराका स्वतन्त्र उम्मेदवार कर्णसिंह रावल (८४) पनि उमेरले निकै पाको उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् ।
यस्तै ७० देखि ७९ वर्ष उमेरका उम्मेदवार देशभरमा ६९ जना छन् । निर्वाचन आयोगका अनुसार ६८ र ६९ वर्षका उम्मेदवार मात्रै ४७ जना छन् ।
यी हुन् ६८ वर्ष भन्दा माथिका उम्मेदवार
