काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा सामाजिक सञ्जाल प्रयोगलाई लिएर नयाँ मापदण्ड ल्याएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत गरिने प्रचार प्रसार विज्ञापनको पनि उम्मेदवारहरुले हिसाब देखाउनुपर्ने आयोगका प्रवक्ता शालिग्राम पौडेलले मंगलबार एक विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।
आयोगले सामाजिक सञ्जालमार्फत हुने सबै खर्चविवरण चुस्त दुरुस्त राख्न राजनीतिक दलहरु र उम्मेदवारहरुलाई आग्रह गरेको छ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको पनि स्मरण गराएको छ।