Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगद्वारा फोटोसहितको मतदाता नामावली छपाईमा तीव्रता

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली छपाईलाई तीव्रता दिएको छ ।

आयोगले केन्द्रीय कार्यालयबाट मुलुकभरका प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतदाता नामावली छपाई कार्यलाई तीव्रता दिएको हो ।

जसमा मतदान केन्द्र नै तोकिएर नामावली छपाई भइरहेको आयोगले जनाएको छ ।

उक्त फोटो सहितको नामावलीको प्रति निर्वाचन सामाग्रीसंगै प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077