काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका अनुसार आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।
निर्वाचन आयोगले यसअघि आइतवार उम्मेदवारहरूको मनोनयन दर्ता गरेको थियो । आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
कार्यतालिका अनुसार बुधवार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ ।
बुधवार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।