Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिराेमा परि बेपत्ता भएका १३ जनाकाे पहिचान खुल्याे

कालिकोट । कालीकोटको तीलागुफा नगरपालिका-४ मा पहिरोमा परि बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ ।

तिलागुफा नगरपालिका-४ राँचुली गाउँबाट मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन् ।

पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका क्षेत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही,

५५ वर्षका धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षका परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका छन् ।

शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी जाँदै गर्दा उनीहरु पहिरोमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077