काठमाडौं । निर्वाचन आयोगले ३ करोड ५५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।
आयोगले गत स्थानीय तह चुनावमा उम्मेदवार भई जरिवानामा परेका झन्डै १ सय जना उम्मेदवारबाट सो जरिवाना असुल गरेको हो ।
जरिवाना नबुझाइ उम्मेदवार हुन नपाउने व्यवस्था अनुसार अघिल्लो चुनावमा पनि उम्मेदवार रहेका र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पनि उम्मेदवार बनेका
ति उम्मेदवारहरूले विभिन्न निर्वाचन कार्यालय मार्फत जरिवाना रकम बुझाएको आयोगले जनाएको छ ।
आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई जरिवाना गरेको थियो । उनीहरुलाई आउँदो फागुनसम्म जरिवाना रकम बुझाउने समय दिइएको छ ।
सो अवधिसम्म जरिवाना नबुझाए उनीहरुलाई आगामी ६ बर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन नसक्नेगरी कालोसूचीमा राखिने आयोगले जनाएको छ ।