काठमाडौं । काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आमनेसामने हुने भएका छन् ।
सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं–५ मा अर्थशास्त्री स्वर्णिम वाग्लेको समेत चर्चा रहेकोमा अन्तिममा पौडेलले टिकट पाएका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर उनलाई पार्टीले काठमाडौंमा उम्मेदवार बनाएको हो ।
Leave a Reply