Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय चुनावको खर्च विवरण नबुझाएका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिबाना बुझाउन सक्ने

काठमाडौं । स्थानीय तह चुनावको खर्च विवरण नबुझाएका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिबानाबापतको रकम बुझाउन सक्ने निर्वाचन आयोगले व्यवस्था गरेको छ ।

आयोगले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा उम्मेदवार भइ कानुनबमोजिम चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिबानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनमा रहेको कार्यालय, सात वटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको हो ।

आयोगले यो निर्णयबारे आज विज्ञप्तिमार्फत जानकारी दिएको छ।

आयोगले कानुनबमोजिमको जरिबाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजश्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077