Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राति १२ बजेसम्म समानुपातिक बन्दसूची प्रकाशन गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने तयारी गरेको हो ।

आयोगका अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ ।

बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ ।
यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको अन्तिम रूप दिने कार्य भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077