Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उम्मेदवारी मनोनयनका लागि एमाले अध्यक्ष ओली झापामा

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । झापा क्षेत्र नम्बर-५ बाट उम्मेदवारी दिन एमाले अध्यक्ष ओली झापा आएका हुन् ।

सौर्य एयरलाइन्सबाट आएका अध्यक्ष ओली आज दिउँसो साढे २ बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका थिए ।

अध्यक्ष ओलीलाई विमानस्थलमा सुभाषचन्द्र नेम्बाङलगायत नेता तथा कार्यकर्ताहरू स्वागत गर्न पुगेका थिए ।

भोलि (आइतबार) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवार मनोनयन दर्ताको समय छ।

ओलीले आइतबार मध्यान्ह साढे १२ बजे निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077