Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत भेटिए

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । घरकै बाथरुममा लडेर उनको निधन भएको हो ।

परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।

ढुंगेल २०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077