Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति, जसपाले पायो संघमा १७ सीट (सूचीसहित)

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)ले सिट बाँडफाँटको टुंगो लगाएका छन् । शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच भएको सहमति अनुसार यी क्षेत्रमा तालमेल हुनेछ ।

एमालेले जसपालाई प्रतिनिधि सभामा १७ सिटमा दिएको छ । तालमेल अनुसार एमालेले ३५ सिट र जसपाले १७ सिट पाउने गरी सहमति भएको छ ।

एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने प्रतिनिधिसभा क्षेत्रमा सप्तरी–३, सिरहा क्षेत्र नम्बर १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३ रहेको छ । यसैगरी रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४ मा पनि एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने भएको छ ।

यस्तो छ तालमेल सहमति : 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077