काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोर्ड बैठक सुरू भएको हो।
बोर्डमा सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल छन्।
गएराति बसेको बैठकले भने प्रतिनिधिसभा र प्रदेश सभाका १० क्षेत्रमा उमेदवारी टुंगो लगाएको थियो।
आजको बैठकले बाँकी उमेदवारी टुंगो लगाउने छ।