Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिहानीपख कांग्रेसले टुंग्यायो देउवासहित १० उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार बिहानसम्म बसेको बैठकले संघतर्फ डडेल्धुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भने दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाममा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरुङ, तेह्रथुममा सीता गुरुङको उमेदवारी टुंगो लगाएको छ ।

त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख) मा ललितजंग शाही, तेह्रथुम (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ (ख) मा खगेन सिंह हाङवाङलगायतका नेतालाई टिकट दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय बोर्ड शनिबार बस्ने बैठकले बाँकी उम्मेदवारहरू तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077