Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गोरखा २ बाट प्रचण्डलाई उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।

शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । प्रचण्डले यसअघि चितवन ३ बाट उठ्ने बताउँदै आएका थिए।

पछिल्ला केही दिनदेखि चितवन छाडेर गोरखाबाट चुनाव लड्न सुझाव आएपछि उनलाई गोरखा २ बाट उम्मदवार बन्ने निर्णय भएको बताइएको छ ।

दाहाल २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077