Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिकतर्फको ४ करोड ५५ हजार मतपत्र छपाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार समानुपातिक तर्फको निर्वाचनका लागि ४ करोड ५५ हजार मतपत्र छापिएको छ ।

प्रतिनिधिसभातर्फ १ करोड ९८ लाख ७१ हजार र प्रदेशसभा तर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले असोज १६ गते समानुपातिकको बन्दसूचीको अन्तिम नामावली राजनीतिक दलसँग बुझेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077