Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालका अध्यक्ष कमल थापा झड्का, मकवानपुर १ मा एमालेले समर्थन नगर्ने

हेटौंडा । नेकपा एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन नगर्ने भएको छ ।

एमालेले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिल्ला ईन्चार्ज रामेश्वर रानालाई टिकट दिएको हो ।

थापा एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवार हुन चाहन्थे । तर एमालेले प्रतिनिधिसभा दुबै र प्रदेशसभाको चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

प्रदेशसभातर्फ 'क' मा कमल विष्ट र 'ख' मा जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा महेश बर्तौलाले टिकट पाएका छन् ।

प्रदेशसभातर्फ 'क'मा विष्णु ढकाल र 'ख'मा जिल्ला उपाध्यक्ष लालबहादुर थापालाई टिकट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077