काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ।
कोजाग्रत पूर्णिमाकै दिन आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेकाले चियापान कार्यक्रम स्थगित गरेको हो ।
२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि
२०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ।