Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पहिलो एकदिवसीय क्रिकेट : भारत दक्षिण अफ्रिकासँग ९ रनले पराजित

एजेन्सी । घरेलु टोली भारत पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग पराजित भएको छ ।

लखनउमा भएको खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो । पहिलो खेलमा भारतलाई दक्षिण अफ्रिकाले ९ रनले हरायो ।

जितसँगै तीन खेलको श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्र बनाउन सक्यो ।

भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो एकदिवसीय आइतवार तथा अन्तिम खेल मंगलवार हुनेछ । यसअघि भएको टी–२० श्रृंखला भारतले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077