Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनोनयन दर्ताका लागि निर्वाचन आयोगले तोक्यो योग्यता, कस्ता व्यक्ति बन्न पाउँछन् उम्मेदवार ? (विज्ञप्तिसहित)

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि योग्यता निर्धारण गरेको छ।

आयोगले असोज २३ गते हुने मनोनयनमा नेपाली नागरिकले मात्रै मनोनयन दर्ता गर्न पाउने जनाएको छ ।

यस्तै कुनैपनि गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने, २५ वर्ष उमेर पूरा एको हुनुपर्ने आयोगले जनाएको छ ।

त्यसैगरी संघीय कानूनले अयोग्य नभएको र कुनै पनि लाभको पदमा बहाल नरहेको व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने आयोगले जनाएको छ ।

लाभको पद भन्नाले निर्वाचन वा मनोनयनबाट पूर्ति गरिने राजनीतिक पदबाट कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने पद हो ।

यस्तो छ निर्वाचन आयोगको विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077