काठमाडौं । मनाङमा बिहीबार हिमपात भएको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नार्पा भूमि गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका केही स्थानमा हिमपात भएको हो ।
मनाङमा गएको मंगलबारदेखि निरन्तर वर्षा भइरहेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार वर्षासँगै उच्च भेगमा हल्का हिमपात भएको छ ।
मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन समेत भएकाले पर्यटक, पदयात्रीलाई मौसम र बाटोको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
Leave a Reply