Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपति भण्डारीसँग शीतल निवासमा एमाले अध्यक्ष ओलीले लगाए टीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग दसैंको टीका थापेका छन्।

पत्नी राधिका शाक्यसहित ओली टीका थाप्न राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।

गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र बडिआमा (ठूलीआमा) हरिमाया ओलीको हातबाट टीका थापेका ओलीले राष्ट्रपतिसँग पनि टीका लगाएका हुन्।

११ बजेर ५१ मिनेटमा राष्ट्रपति भण्डारीले टीका लगाएपछि विशिष्ट व्यक्तिलाई र दिउँसो ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077