काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।
सोही दिन पाँच बजे देखि ६ बजे सम्म उम्मेदवारीको सुची प्रकाशित गर्ने समेत आयोगले जनाएको छ।
समानुपातिकतर्फको बन्द सूचीको नाम पेश गर्ने र सच्याउने काम सम्पन्न भए पछि आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति र समय तोकेको हो ।