Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभाखाेलामा नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभा । संखुवासभाको सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेका छन् ।

आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रदेश १-०२-००२ च ५९२० नम्बरको बोलेरो जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको छ । उनीहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077