Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बन्द सूचिबाट नाम फिर्ताका लागि कांग्रेस नेता चन्द्रमोहनद्वारा आयोगमा निवेदन

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादवले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा तर्फ समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

बरियता क्रम नमिलाई आफ्नो नाम बन्दसूचिमा राखेको भन्दै उनले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका हुन् ।

डा. यादवले सोमबार सामाजिक संजाल फेसबुक मार्फत आफूले आफ्नो नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको बताएका हुन् ।

२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा यादव धनुषाबाट निर्वाचित भएका थिए।

डा. शेखर कोइराला पक्षाका मानिने नेता यादवको नाम धनुषा क्षेत्र नं. ४ बाट मधेशीतर्फ सिफारिस भएको थियो ।

उनले आफ्नो उम्मेदवारीलाई मधेसी समूहमा क्रम संख्या २ को सट्टा ३ नम्बरमा राखिएको भन्दै उनले असन्तुष्टी जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077