Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वार्ता समितिले सहमति नजुटाएपछि ओली र ठाकुरबीच छलफल

काठमाडौं । चुनावी गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गठन गरेको वार्ता समिति र नेकपा एमालेको शीर्ष नेताबीच दुई तीनसम्म चलेको वार्तामा कुरा नमिलेपछि दुई पार्टीका अध्यक्ष नै छलफलमा जुटेका छन् ।

आगामी चुनावमा सिट बाँडफाँटको विषय टुंग्याउन दुवै नेताबीच छलफल भएको लोसपाले बताएको हो।

एमाले र लोसपाबीच गठबन्धन हुने/नहुने विषयमा ठाकुरले ओलीसँग छलफल गर्नेछन्। दुई दलबीच भएको छलफलमा एमालेले चुनावी गठबन्धन विषयमा त्यति चासो नदेखाएको वार्तामा सहभागी एक नेताले बताए।

मधेसमा शीर्ष नेताहरूले नै पार्टीमा प्रवेश गर्न थालेपछि एमालेले चुनावी गठबन्धनका लागि त्यति चासो नदेखाएको  नेताको भनाइ छ।

जसपाले मधेस प्रदेशमा १९ सिट माग गरेकामा एमालेले सहमति जनाएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077