Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी केन्द्रीय सदस्य छक्कबहादुर लामा एमाले प्रवेश गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज हुने कार्यक्रममा लामा एमाले प्रवेश गर्न लागेका हुन् ।

२०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर लामाले चुनाव जितेका थिए । लामाले एमालेमा आफ्नो प्रवेश राजनीतिको सेफ ल्यान्डिङ भएको बताएका छन् ।

२०७४ को सालमा माओवादी केन्द्रले हुम्लामा टिकट नदिएपछि विद्रोह गरेका लामाले सबैभन्दा कम ४७ मतान्तरले चुनाव जितेका थिए ।

नेकपाको विवादमा समेत उनी अध्यक्ष ओली समूहमा लागेका थिए । ओलीले महाधिवेशनमा आयोजक समितिका सदस्य बनेका लामापछि दाहाल र नेपाल समूहतर्फ लागेका थिए । उनले माओवादीसँग विचार नमिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077