Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रुटि सच्याएर समानुपातिक तर्फको बन्दसूची बुझाउने समय सकियो, भोलि १ बजेसम्म नाम फिर्ता लिन सकिने

काठमाडौं । समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय सकिएको छ ।

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सहभागी दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आइतबार ५ बजे सम्मको समय दिएकोमा आजबाट समानुपातिकतर्फ नामावली सच्याएर निर्वाचन आयोगमा बुझाउने समय सकिएको हो ।

निर्वाचन आयोगका अनुसार आइतबार ४ बजेसम्म विभिन्न ३१ दलहरूले प्रतिनिधि सभातर्फ नामावली सच्याएर पेस गरेका छन् । आजसम्म १२ वटा राजनीतिक दललाई पेस भएको बन्दसूचीमा सच्याउनलाई पत्राचार गरेका थिए ।

आयोगका अनुसार प्रतिनिधि सभातर्फ प्रदेश १ मा ३१, मधेस प्रदेश २१, बागमती २०, गण्डकी २५, लुम्बिनी २४, कर्णाली २० र सुदूरपश्चिममा २४ वटा दलले सच्याएको बन्दसूची पेस गरेका छन् ।

आज ५ बजेसम्म दलहरूले बन्दसूची सच्याएर पेस गरेपछि आज नै निर्वाचन आयोगले सच्याएर पेस गरिएका बन्दसूचीको काम सक्ने जनाइएको छ ।

सोमवारबाट राजनीतिक दलले पेस गरेको बन्दसूचीमा नामावली भएको कुनै उम्मेदवारले बन्दसूचीबाट आफ्नो नामावली फिर्ता लिन चाहेमा सोमबार १ बजेसम्मको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077