Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सांस्कृतिक पर्वले आपसी सहिष्णुता पैदा गर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन् ।

दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसारलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांस्कृतिक पर्वको शृङ्खलाभित्र अब हामी प्रादेशिक र संघीय निर्वाचनको सङ्घारमा रहेको जनाउँदै अध्यक्ष दाहालले आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपिल गरेका छन् ।

सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077