जनकपुरधाम । सहिद रामनारायण मण्डल (मुरबल)की श्रीमती फूलो कुमारी देवीलाई नेकपा एमालेले समानुपातिक उम्मेदवार बनाएको छ ।
धनुषाको सहिदनगर नगरपालिका ६ हडबराकी फूलोलाई एमालेले मधेस प्रदेशको सांसदका लागि समानुपातिक उम्मेदवार बनाएको हो ।
गत असोज ३ मा समानुपातिक उम्मेदवारको सूची बुझाएको एमालेले ओली जनकपुरबाट फर्केपछि समानुपातिक सूची सच्याएको हो ।
फूलोकुमारी देवीलाई मधेश प्रदेशअन्तर्गतको समानुपातिक सूचीमा राखिएको एमाले स्रोतले जानकारी दिएको छ ।
समानुपातिक उम्मेदवारको सूची सच्याउन निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समय दिएको छ ।
धनुषामा तत्कालीन नेकपा माले हुँदै एमाले निर्माण गर्नेमध्येका एक अगुवा थिए रामनारायण मण्डल ।
तत्कालीन हडबरा गाविसका अध्यक्ष समेत बनेका कम्युनिस्ट नेता मण्डलको ०५३ सालमा हत्या भएको थियो ।।