Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रुटि सच्याएर माओवादी केन्द्रले बुझायो समानुपातिक बन्दसूची

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभामा सुरुको बन्दसूचीमा रहेका प्राविधिक त्रुटि सच्याएर अन्तिम नामावली बुझाएको हो ।

समानुपातिकतर्फको अन्तिम नामावली बुझाउने अन्तिम दिन आइतबार सबै राजनीतिक दलहरूले आ-आफ्नो समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगलाई बुझाइरहेका छन् ।

माओवादीको समानुपातिक बन्दसूचीमा प्रतिनिधिसभातर्फ उपाध्यक्ष कृष्णबहादुर महरालगायत नेताहरू रहेका छन् ।

बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबाट माओवादीको समानुपातिक बन्दसूचीमा गंगानारायण श्रेष्ठलगायत पाँच नेताको नाम प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077