Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इटहरी उपमहानगरका पूर्व मेयर चौधरी माओवादी प्रवेश

काठमाडौं । इटहरी उपमहानगरपालिका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आज बिहान खुमटारस्थित दाहाल निवास पुगेर माओवादी प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर स्वागत गरे।

नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि माओवादी प्रवेश गरेको बताइएको छ । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् ।

सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए । गठबन्धनमा प्रतिनिधिसभाको सीट कांग्रेसको भागमा परेको छ ।

प्रदेशसभातर्फ पनि सो क्षेत्रका ख बाट कांग्रेसका राजीव कोइरालाले जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077