Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इटहरीका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै

विराटनगर । इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।

प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौं पुगेका छन् । चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् ।

चौधरीले माओवादी केन्द्र प्रवेश गर्ने निर्णयमा पुगेको बताए । उनले टिकट पाउने वा नपाउने विषय असोज २३ गते थाहा हुने बताए ।

उनी सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077