Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

घटस्थापनादेखि आज बिहानसम्म ५ लाखभन्दा धेरैले काठमाण्डौ उपत्यका छाडे

काठमाण्डौ । दशैँ मनाउन घटस्थापनादेखि आज बिहानसम्म काठमाण्डौ उपत्यकाबाट ५ लाखभन्दा धेरै यात्रु बाहिरिएका छन् ।

गएको १० गते घटस्थापनाका दिन झण्डै ६० हजारले काठमाण्डौ उपत्यका छोडेकोमा ११ गते ६२ हजार, १२ गते ७१ हजार, १३ गते ७४ हजार र हिजोदेखि आज बिहानसम्म झण्डै डेढ लाख यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।

यो सङ्ख्या आजदेखि झनै बढ्ने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरु यसरी बाहिरिएका हुन्।

यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो। यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको सङ्ख्या ठूलो रहेको ट्राफिक प्रहरीले जनाएको छ।

यसपटकको दशैँका लागि झन्डै २० लाख जनाले काठमाण्डौ उपत्यका छाड्ने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077