काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले आसन्न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।
देशलाई सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै चुनाव बहिस्कार गरिएको जनाइएको छ ।
महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अतिथि चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाको निरन्तरता रहेको आरोप लगाए ।
केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका आलेले कम्युनिष्ट भनेको आफूहरुमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे ।
Leave a Reply