Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दसैँ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नहुने

काठमाडौँ । नेपाल आयल निगमले दसैंको सार्वजनिक बिदामा डिपोहरु खुला राख्ने भएको छ ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले डिपोहरु खुला राख्न लागेको हो । निगमका अनुसार डिपोहरु स्थानीय आवश्यकताको आधारमा खुला हुनेछन् ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमले एक सूचना जारी गर्दै जानकारी दिएको छ।

दसैंमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो। निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार पेट्रोल पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077