Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पुकार बम, हिमेश पन्तसहित यी हुन् रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने उम्मेदवार

    पुकार बम, हिमेश पन्तसहित यी हुन् रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने उम्मेदवार

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवारका नाम सार्वजनिक गर्न थालेको छ । रवि लामिछाने सभापति रहेको सो पार्टीले देशका विभिन्न निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार उठाउन थालेको हो ।

    जसअनुसार काठमाडौं क्षेत्र नम्बर १ बाट पुकार बम, काठमाडौं क्षेत्र नम्बर १० बाट सामाजिक अभियन्ता प्रदीप विष्ट उम्मेदवार उठ्दैछन् । यसैगरी शिक्षा अभियन्ता तथा उद्यमी शिशिर खनाल काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै चुनाव चिन्ह घन्टीमा चुनाव लड्ने तयारी गरेका छन् । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।



    यस्तै कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १, डाक्टर तेसिमा कार्कीले ललितपुर ३ बाट उम्मेदवारी दिने छन् । बागलुङ २ बाट सामाजिक अभियन्ता तिला खत्री, मुस्ताङबाट ग्रामीण क्षेत्र विकासका विद्यार्थी सुदेश गुरूङ र सिन्धुपाल्चोकबाट पर्वतारोही माया गुरूङ उम्मेदवार हुने टुंगो लागेको छ।



    झापाबाट अहिलेसम्म तीन जनाले उम्मेदवारी दिने भएका छन्। झापा ४ बाट पूर्वप्रहरी शम्भुप्रसाद ढकाल, झापा ३ बाट कृषक प्रकाश पाठक र झापा १ बाट ओमनाथ भण्डारीले उम्मेदवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ।

    पार्टीका सभापति रवि लामिछाने कहाँबाट चुनाव उठ्ने भन्ने अहिलेसम्म तय भएको छैन् । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार