Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खाद्यमा १०६ जनाका लागि जागिर खुल्‍यो [सूचनासहित]

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनी आवेदन आह्वान गरेको हो ।

विभागीय प्रबन्धकसहित कूल १ सय ६ जनाको विभिन्न पदमा व्यापार कम्पनी लिमिटेडले जागीर खुलाएको छ । दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ ।

लोकसेवा आयोगको असोज ७ गतेको सहमति र कम्पनीको पदपूर्ति समितिको १२ गतेको निर्णयले विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने भएकाले यो सूचना प्रकाशित भएको २१ दिन भित्रमा इच्छुक उम्मेदवारले दरखास्त दिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077