Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओली भन्छन् - गठबन्धनको कारण मुलुक भयावह अवस्थामा पुग्यो, अब एमालेको सरकार बन्नुपर्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन् ।

बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर चलेको बताए ।

उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्वपूर्ण हुने धारणा राखे । अध्यक्ष ओलीले मुलुकको विकासको गातिलाई अघि बढाउन र शान्ति शुव्यवस्था कायम गर्न एमाले बाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्ने उल्लेख गरे ।

उनले देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने, भष्टचार नियन्त्रण गरेर शुसासन कायम गर्ने र राष्ट्रियतालाई सुदृढ गर्ने लगायतका प्रयासमा एमाले लागिरहेको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी), लोसपालगायत दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए । एमाले फर्किनेमा नेकपा एसका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, निवर्तमान प्रदेश सभा सदस्य एवं केन्द्रीय निर्वाचन आयोग सदस्य सीता गुरुङलगायत छन्। विश्वकर्मा बारा क्षेत्र नं. ४ (क) बाट निर्वाचन प्रदेश सांसद र गुरुङ मधेस प्रदेशको निवर्तमान समानुपातिक सांसद हुन् ।

त्यसैगरी एमाले फर्किएका अन्यमा केन्द्रीय परिषद् सदस्य कौशल किशोर सिंह, महेश विश्वकर्मा, मधेस प्रदेश कमिटी सदस्य दशरथ राम, विद्या थापा, मिन रहपाल, जिल्ला कमिटी सदस्य मञ्जु खनाल, मञ्जु भट्टराई, अच्छेलाल राम र मुक्ती सहनी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077