Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीको व्यस्तताका कारण एमाले सचिवालय बैठक सर्‍यो

काठमाडौं । दिउँसो ३ बजेका लागि बोलाएको एमाले सचिवालय बैठकको समय परिवर्तन भएको छ । अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सुरु हुन नसकेको हो ।

अध्यक्ष ओलीको निजी सचिवालयले बैठक १ घण्टापछि सरेको बताएपनि साढे ४ बज्दासम्म सुरु हुन सकेको छैन ।

बैठकका लागि केही नेताहरु अध्यक्ष ओली निवास बालकोट पुगिसकेका छन् ।

आजको बैठकमा प्रतिनिधि सभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिएपनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077