Online Nepal
  • शनिबार, ६ पुष २०८१
  • वडा सचिवले कार्यालयमै चुरोट तानेपछि…

    वडा सचिवले कार्यालयमै चुरोट तानेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 1.1K
    SHARES

    बझाङ । कार्यालय समयमा आफ्नो कुर्सीमा आसिन वडा सचिव एक सुरमा चुरोटको आनन्द लिइरहेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    चुरोट यसरी तान्दै छन् कि मानौं उनी एक स्वाट्टमा नै चुरोट सक्काउने प्रतिस्पर्धामा छन् । अगाडिपट्टि कार्यालयका सबै फाइलहरु, प्रिन्टर र कम्युटरमा केही लेख्दै गरेको दृश्य फोटोमा देखिन्छ ।



    अझ उक्त कार्यालयमा सेवाग्राहीहरु पनि छन् । जसले उक्त फोटो खिचेका थिए । यो घटना बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ को हो । जयपृथ्वी नगरपालिका वडा नं १ सदरमुकाम चैनपुरदेखि १४ किलोमिटर उत्तरपूर्वमा पर्छ । गाउँमा वडाको सुविधा सम्पन्न वडा कार्यालय पनि छ ।



    तर, कर्मचारी र जनप्रतिनिधिहरु आफ्नो सहजताका लागि चैनपुरमा नै सम्पर्क कार्यालय बनाएर बसिरहेका छन् । सदरमुकाम चैनपुरमा भएको सम्पर्क वडा कार्यालय वडा सचिव अजयबहादुर सिंहको घरमा राखिएको छ । सचिव सिंहको घरको एउटा कोठालाई सम्पर्क वडा कार्यालय बनाइएको छ ।

    जहाँ सचिव सिंहले चुरोट उडाउँदै थिए । सिंहले कार्यालय समयमा नै चुरोट पिएको तस्वीर सार्वजनिक भएपछि उनी गल्तीको आत्मालोचना गर्नुको साटो आक्रोशमा उत्रिएका छन् । उनको चुरोट तानेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै उनले आफ्नै गाउँमा एकजना युवालाई तथानाम गालीसमेत गरेका छन् ।

    त्यतिमात्रै होइन उनी वडा कार्यालयको सचिव भएको र चुरोट खाँदै गरेको फोटो खिच्ने व्यक्तिलाई समेत अपाच्य शब्द प्रयोग गर्दै गाली गर्नसमेत भ्याए । उनले साँझ सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने व्यक्तिलाई गाली दिएपछि उनले उक्त भिडियो पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन् ।

    वडा सचिव तिनै व्यक्ति हुन्, जसमाथि कीर्ते नागरिकता बनाउन सिफारिस गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार धूमपान नगर्ने सर्तको लिखित कागज गराई सार्वजनिक गर्ने, सार्वजनिक स्थलबाट बाहिर पठाउने वा रु १०० जरिवाना गर्ने वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

    सरकारी वा सार्वजनिक जवाफदेहीको पदमा आसीन व्यक्ति, कर्मचारी भएमा निजको हकमा सचेत गराउने वा विभागीय सजायसमेत हुनसक्ने ऐनमा व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार