Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४ सय चालकमाथि कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४०९ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १५९ जना, फुटपाथमा पार्किङ गर्ने २४५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १२५ जना, जथाभाबी यात्रु चढाउने र ओराल्ने १२६ जना रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका ८५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ४४ जना, सडक लेन उल्लङ्घन गर्ने ४२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ६७ जना,

एकतर्फी सडकमा सो विपरित चलाउने ५३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077