Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा बजार अनुगमन : 'डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत

काठमाडौं । काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ ।

बुधबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमनको क्रममा ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत गर्नुका साथै संगम स्वीटलाई चेतावनी हो ।

कालिमाटी र कुलेश्वर क्षेत्रमा अनुगमन गर्दा केही खाद्यान्न पसलमा म्याद गुज्रिएको खाद्य सामग्री भेटिएको र त्यसलाई जफत गरेको उपमेयर डंगोलले बताइन्।

यसैगरी संगम स्वीटको पनि अनुगमन गर्ने क्रममा अशुद्ध तेल प्रयोग गरेको कारण चेतावनी दिएको उनको भनाई छ ।

महानगरपालिकाले आज कालिमाटीस्थित फलफूल तथा तरकारी बजार लगायतको अनुगमन गरी खाद्यान्न पसलमा पनि अनुगमन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077